Tuesday, October 8, 2013

किस्ट बैंकको ८० लाख चोरीकाण्डमा बैंककै कर्मचारीको संलग्नता

 काठमंडू किस्ट बैंकको ८० लाख चोरीकाण्डमा बैंककै कर्मचारीको संलग्नता भएको पुष्टि भएको छ ।
प्रहरी अनुसन्धानले टेलर रोहितलाल श्रेष्ठ चोरीको योजनाकार भएको रहस्य पत्ता लगाएको हो ।

हनुमान ढोका प्रहरीले श्रेष्ठसहित ६ जनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीले ६० लाख रुपैयाँ पनि बरामद गरिसकेको छ ।

१० दिनअघि चोरहरुले कलंकी शाखामा नगद अपुग भएको भन्दै बैंक कर्मचारीकै रुपमा प्रस्तुत भएर ठमेल शाखाबाट उक्त पैसा लगेका थिए ।

उम्मेदवारलाई भड्किलो प्रचार र भोजभतेर गर्न रोक

  निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन हुने गरी उम्मेदवारको भड्किलो प्रचार र भोजभतेरमा रोक लगाएको छ ।

आयोगले निर्वाचन प्रचारप्रसार गर्ने उद्देश्यले राजनीतिक झन्डा वा निर्वाचन चिह्न छापिएको टोपी, टिसर्ट, कमेज, झोला, कलमलगायतका कुनै पनि सामग्री प्रयोग गर्न समेत भनेको छ ।

निर्वाचन प्रचारप्रसारको सिलसिलामा दसैँ, तिहार, छठजस्ता अवसरमा पनि राजनीतिक दल, उम्मेदवार, राजनीतिक दलसँग सम्बन्धित व्यक्ति, राजनीतिक दलको भातृ संगठन तथा पदाधिकारीसमेतले जलपान, भोजभतेर जस्ता कार्यक्रम गर्न पनि रोक लगाएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

सुत्केरी हुन जापानबाट कास्कीमा


काठमाडौचापाकोट (कास्की), आश्विन २२ - उनी जापानमा बस्छिन् । त्यहाँ सुत्केरी हुन गुणस्तरीय सेवा नहुने कुरै भएन । तर हिरोमी ताकाहासी भने सुत्केरी हुनकै लागि यहाँको स्थानीय उपस्वास्थ्य चौकीमा आइन् । गत भदौ २४ गते चौकीका अनमीद्वय कमला थापा र सरस्वती रानाले ताकाहारीको सुरक्षित सुत्केरी गराए । छोरी जन्मिन् । 'कमला दिदीको अनुभव, क्षमता र ज्ञानबाट प्रभावित भएर जापानको सुविधा छाडेर सुत्केरी हुनका लागि मात्रै आएँ,' ताकाहासीले भनिन्, 'यहीँ सुत्केरी हुने इच्छा पूरा भएकोमा खुसी छु ।' ४ वर्षअघि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग -जाइका) को स्वयंसेविका भएर आएका बेला स्वास्थ्यकर्मीसँग हिमचिम बढेको र सेवाप्रतिको इमानदारीले प्रभावित भएको उनले बताइन् । जापानमा अत्यधिक मात्रामा विभिन्न उपकरणको प्रयोग हुने तर

प्रकाश दाहालसंगको सम्बन्धबारे नसोध्न आग्रह

bina_magar२२ असोज काठमाडौं । प्रचण्ड पुत्र प्रकाश दाहालसंग सम्बन्ध जोडिएकी कञ्चनपुर-१ की एमाओवादी उम्मेद्वार विना मगरले प्रकाश दाहालसंगको सम्बन्धबारे सोधेर दबाव नदिन आग्रह गरेकी छन् । प्रकाश दाहालसंगको सम्बन्धका बारेमा विनाले यसलाई व्यक्तिगत विषय बताउँदै थप नबोल्ने बताएकी छन् ।
तर, आफूले गल्ती गरेको भने स्वीकार  गरेकी छन् । ‘जहाँसम्म सम्बन्धको कुरा छ । यो मेरो निजी मामला हो । कृपया म त्यसमा थप केही बोल्न चाहन्न ।’ एमाओवादी निकट एउटा वेभसाइटलाई दिएको अन्तरवार्तामा मगरले भनेकी छन्- ‘ मैले अघि पनि भनिसकें यो विषयमा बोल्न दबाब नदिनुस् । म माओवादी पार्टीको सदस्य हुँ ।’
प्रचण्ड परिवारसागको तपाईको सम्बन्ध के हो भन्न प्रश्नमा कञ्चनपुर १ की एमाओवादी उम्मेद्वार विनाको जवाफ छ-’संसारमा कमिकमजोरीरहित मान्छे कोही पनि हुँदैन । कोहीले केही विषयमा, केहीले केही विषयमा गल्ती गरेकै हुन्छ । मैले गल्ती गरेको कुरा स्वीकार